अब नेता पनि सम्पत्ति शुद्धीकरण छानबिनमा

पुष, १० काठमाडौं —अब राजनीतिक दलका नेता पनि सम्पत्ति शुद्धीकरणको दायारामा पर्ने भएका छन् । निवारण ऐन २०६४ अन्तर्गत छानबिनको दायरामा पर्ने भएका हुन् ।  संसद्मा दर्ता ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ अन्तर्गत सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ संसद्को आगामी बैठकमा छलफल हुनेछ ।
उक्त ऐनले ‘स्वदेशी उच्च पदस्थ व्यक्ति’ को परिभाषामा राजनीतिक दलको नेतृत्व र पदाधिकारी पनि समावेश छन् ।