क्रिसमस दिवसको दिन विदा नदिए नसच्चिने गल्ती हुन्छ —गहतराज

पुष ५, काठमार्डौ—राष्ट्रिय खि«ष्टियन महासंघ नेपालले विश्वभरी मनाईने क्रिसमस डे को दिन नेपालमा पनि सार्वजिक विदा दिनु पर्ने भन्दै सरकारको ध्यानकर्षण गराएको छ ।

क्रिश्चियन महासंघले विहिबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपाली खि«ष्टियन समुदायको सम्मानका लागि सार्वजनिक विदाको माग गरेको हो ।

महासंघका अध्यक्ष सिवि गहतराजले पत्रकार सम्मेलनमा वोल्दै सरकारले संविधानको उललेखित अधिकार खोसेर क्रिश्चयन समुदायमाथि अपमान गरेको आरोप लगाए ।

उनले विश्वभरी हर्ष उल्लासपुर्ण मनाईने पर्व ‘क्रिशमस डे ’ २५ डिसेम्वर नजिकै गर्दा सरकारको ध्यानाकर्षणका लागि प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, संस्कृति मन्त्रालय कुटनितिक लगायतका सम्बन्धित निकायलाई ज्ञापनपत्र वुझाएको समेत बताए ।

सरकारले ‘क्रिशमस डे ’ को दिनमा विदा नदिए ठुलो गल्ती हुने र त्यो गल्ती कहिलै पनि सच्चाउने नसकिने भएकाले यसो नगर्न जोड दिए ।

सरकारले विगतमा खि«ष्टियन समुदाय संग गरेको सहमति विपरित क्रिसमस दिवसको विदा कटौती गरी नेपाली क्रिश्चियन समुदायको भावनामाथी खेलवाड गरेको छ ’।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कुल जनसख्याको १.४ प्रतिशत जनसंख्याले क्रिश्यिन धर्म मान्दै आएका छन् ।