सिंहदरबारमा आन्दोलित कर्मचारी बिरुद्ध प्रहरी परिचालन


५, पुष काठमाडौ —सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै आएका कर्मचारी बिरुद्ध सरकारले सिंहदरबारभित्रै प्रहरी परिचालन गरेको छ ।
कर्मचारीहरुले आफ्नो माग पुरा नहुुन्जेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री कार्यालय घेर्ने बताएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिएसपी सुदीप पाठकको नेतृत्वमा दंगा नियन्त्रण टोली सिंहदरबारमा परिचालन भएको प्रहरीले जानकारी दिएको छ ।