कांग्रेसमा ११ जना पदाधिकारी राख्न सहमति

काठमाडौ, ३ पुुष –नेपाली कांग्रेसमा पदाधिकारीको संख्या ११ र्पुयाउनेमा सहमति भएको छ । पदाधिकारीमा सभापतिसहित दुई उपसभापति, तीन महामन्त्री, चार सह(महामन्त्री र एक कोषाध्यक्ष राख्ने टुंगो लागेको हो ।  सोमबार साँझ भएको छलफलमा पदाधिकारी संख्या थप्न सभापति देउवा लचक भएपछि संख्या टुंगो लागेको हो ।  ११ पदाधिकारीमध्ये चार जना (सभापति, एक उपसभापति, दुई महामन्त्री र कोषाध्यक्ष) को प्रत्यक्ष चुनाव हुनेछ।