पूर्वराजा ज्ञानेन्द्र पोखरामा, १६ दिनका लागि सिङ्गै होटल बुकिङ

पोखरा ३ पुष । पूर्व राजा ज्ञानेन्द्र शाहसहित पत्नि कोमल शाह पोखरा पुगेका छन् । बुद्ध एयरको जहाजबाट सोमबार विहान ११ वजे पोखरा पुगेका हुन् ।

राजसंस्था व्यूँताउने मुद्धामा लागेका राजनीतिक पार्टी तथा पूर्व राजाका शुभचिन्तकले विमानस्थल बाहिर शाह दम्पत्तिलाई २१ किलोको मालाले स्वागत गरेका थिए ।

शाह दम्पत्तिको स्वागतमा विमानस्थल क्षेत्र भरीभराउ भएपछि भीड व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो । शाह दम्पत्ति अंग्रेजी नयाँवर्ष मनाउने गरि पोखरा पुगेका हुन् । यद्यपी पोखरा भ्रमणको तालिका गोप्य नै रहेको छ ।

पोखरा घुमफिर गर्न शाह दम्पतिका लागि आवश्यक गाडी पनि काठमाडौंबाटै लगिएको छ । पूर्व राजा शाह परिवार भर्खरै निर्माण भएको दोविल्लास्थित ६४ कोठाको माउन्टेन ग्लोरी रिसोर्टमा अहिलेसम्म तयार भएको २४ वटा सबै कोठा १६ दिनका लागि लिएको जनाइएको छ।

रिसोर्टमा २ वटा सुइट र २२ वटा डिलक्स कोठा रहेका छन् । पुरै कोठा शाह परिवारका लागि बुकिङ भएको बताइएको छ । उक्त एउटा कोठको नेपालीका लागि एक रातको १२ हजार रुपैयाँ पर्दछ, भने विदेशी नागरिकलाई १ सय ९० अमेरिकी डलर पर्दछ ।