पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको देहान्त

काठमाडौं ३ पुष ।  पूर्वप्रधानमन्त्री डा. तुसली गिरीको देहान्त भएको छ ।

लामो समयदेखि उपचारर्थ कलेजोमा लागेको क्यान्स रोगका  कारण बुढानिलकण्ठस्थित आफ्नै निवासमा मंगलबार विहान पूर्वप्रधानमन्त्री डा. गिरीको ९३ वर्षको उमेरमा निधन भएको हो ।

कलेजोको क्यान्सरका कारण करिब १० दिनसम्म उनलाई भैंसेपाटीको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

राजा महेन्द्रको ०१७ सालको पञ्चायनी व्यवस्था सुरु हुनुअघि उनी नेपाली कांग्रेसका महामन्त्री थिए । त्यसपछि उनी पञ्चायतकालमा प्रधानमन्त्री भएका थिए ।
०५९ सालमा पूर्व राजा ज्ञानेन्द्रले सत्ता कव्जा गरेपछि उनी फेरी मन्त्रिपरिषदको उपाध्यक्ष बनेर ज्ञानेन्द्रलाई सहयोग गरेका थिए ।

पूर्वप्रधानमिन्त्र गिरीको श्रीमती, दुई छोरा र दुई छोरी छन् ।