चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौँ, २७ मंसिर— संवैधानिक परिषद्ले वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ । परिषद्को बिहिबार बिहान बसेको बैठकले राणालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि तीनपटकसम्म बैठक बस्न सकेको थिएन । बुधबार पनि प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नभएपछि बैठक बिहिबार बिहानका लागि सारिएको थियो । बिहिबार देउवा समेत उपस्थित भएपछि बसेको बैठकले राणालाई सिफारिस गरेको हो ।