जन्ती चढेको जिप दुर्घटना हुँदा बेहुलाका आमाबुवा सहित ६ जनाको मृत्यु

काठमाडौ, २७ मंसिर — जन्ती चढेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दाङ स्थित लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कारपियो र बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । चितवनको गीतानगरबाट बाँकेको शम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस गएराति २ बजे ठोक्किएर दुर्घटना भएको हो ।
स्कारपियोमा सवार आठजना मध्ये ६ जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा दुलाहाका बुवाआमा र आफन्त छन् ।