जन्ती योगी आदित्यनाथलाई स्वागत गर्न पर्यटन मन्त्री अधिकारीसहितको टोली जनकपुरमा

काठमाडौ, २६ मंसिर — ऐतिहासिक र सांस्कृतिक राम–जानकी विवाह पञ्चमीको विशेष अवसरमा जन्ती बनेर आउने भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको स्वागत गर्न पर्यटन मन्त्री रवीन्द्र अधिकारी र राष्ट्रियसभा सदस्य कोमल वलीसहितका नेताहरु जनकपुर पुगेका छन् ।
कार्यक्रममा योगी आदित्यनाथ बुधबार जनकपुर आउँदै छन् । स्वागतका लागि पुगेका पर्यटन मन्त्री अधिकारी र राष्ट्रियसभा सदस्य वलीले जनकपुर मन्दिर क्षेत्रमा भएको तयारीको निरीक्षण पनि गरेका छन् ।