श्रमिक बाटै उद्योगी बने मिश्रीलाल

काठमाडौं २६ मंसिर ।

नाम जस्तै काम : मिश्रीलाल, सफल उद्यमी 
दुख नखोजिकन सुख भेटिन्न । जस्ले नजिकबाट दुःखलाई झेल्छ, भोग्छ, र दुखाई सहन्छ उस्ले मात्रै खोजेको सुख भेट्छ, अनभव गर्छ, जिन्दगीको सिकाई हासिल गर्दछ । मिश्रीलाल त्यस्ता व्यत्ति हुन् जस्ले वच्चपनबाटै दुखजिलो गरेर हुर्किए । वचपनमै पाखुरी सिउरिए, मेहनती भए, र परिश्रमी वनाए आफूलाई । अहिले उनी करोडका मालिक छन् । मिश्रीलाले कामलाई कहिले पनि सानो ठुलो मानेनन् । मेहनतलाई फाईदा र घाटामा मात्रै हेरेनन् । जिम्मा लिएको काम घाटै खाएरै भएपनि फत्ते गरेर छाड्छन् । उनी कामलाई कहिले पनि विश्राम दिने सोचमा छैनन् । न कुनै किसिमको घमण्ड छ उनीसँग । सबैसंग राम्रो बानी व्यवहार र वोलीचाली छ । त्यसैले पनि उनलाई सफल उद्यमी बनायो ।

संघर्ष : जिन्दगी वाच्ने अनेक पाटा छन् ।
जीवन संघर्ष हो । जिन्दगी यात्रा । अवस्था, परिवेशले जिन्दगीको यात्रा तय गर्दछ । जिन्दगीले वाँच्न सिकाउछ । तर वाँच्न अनेक वहाना चाहिन्छ । वाच्ने वहाना खोज्दै थिए मिश्रीलाल । मिश्रीलालको जिन्दगी स्कुल छोडेर भागेपछि सुरु भयो । त्यसैले वाँच्ने आधार चाहिएको थियो, उनलाई । उमेर सानै थियो तर काम नगरी खान पाईने अवस्था थिएन । स्कुल छोड्नु र नयाँ गन्तव्यमा पुग्नु उनका लागि जिन्दगीको सुरुवात थियो । काम खोज्दै जाँदा काठमाडौंको सातदोबाटो पुगे । सावुन फ्याक्टीमा काम सुरु गरे । काम गरेको पैसा १२ रुपैया पाउथे । केही समयपछि एउटा विश्व काष्ठ उद्योगमा काम सुरु गर्न पुगे । त्यसपछि फेरी उनी हिमालय काष्ठ उद्योगमा काम गरे । उनका वुवा पनि काठका सिल्पी थिए । फर्निचरमै काम गर्दथे । त्यसले उनलाई काठको काम गर्न त्यत्ति गाह्रो कुरा थिएन । तर एकदिन उनले काम गरिहेको फर्निचरमा पहाडीया र मधेसीको विचमा धेरै लडाई परर्याे । जबकी उनी १२ वर्षका थिए । त्यतिखेर काठमाडौमा मधेसीलाई हेप्ने गरिन्थ्यो । धोती लाउने भएकाले धोती जाति भनेर हेप्ने गरिन्थ्यो । उनलाई त्यो कुरा थाहा थिएन । त्यो लडाईको असर उनले काम गर्ने फर्निचर उद्योगमा पनि प¥यो । उनी सानै भएकाले कसैले केही गरेन । तर त्यहाँ काम गर्ने अन्य ठुला मधेसी र पहाडीको विचमा हानाहान भएपछि मधेसीहरु सबै भागेर गए । उनलाई पहाडी मालिकले त्यही काहम गर्न भने, त्यहाँ उनले खाना वनाउने, धुने, फर्निचरको काम गर्ने सबै गर्न थाले । त्यतिखेर उनका ध्रुव नामका मालिक थिए, मिश्रीलाललाई दोकान खुला राख काम नगर भनेका थिए । त्यहाँ वस्दासम्म उनले दिनको १२ रुपैया पाउथे ।
एक दिन अर्कै ठाउमा काम गर्न पुगे, जहाँ उनले खाजा खानमात्रै दिनको १० रुपैया पाउथे । पहिला काम गरेको ठाउमा १२ रुपैपा पाएको मान्छेले खाजा खाने पैसा र ३५ रुपैया दिनको पाउदा अत्यन्तै खुसी भए । साहुजीले कोठा लिए वस्न भने । त्यही त्यतिखेर कोठाको महिनाको ३५ रुपैया दिनुपथ्र्याे । कुरा २०३८ सालतिरको हो ।

श्रमिक भएरै उद्योगी बने, करोडको मालिक भए ( पान पसल, मिठाई पसल, रेष्टुरेण्ट ठेकदारी गर्दै फर्निचर उद्योगी ) 
सधै अरुको जागिरे भएर थाकिसकेका थिए । सारा जिन्दगी अरुकै भरमा जाला भन्ने डर थियो उनलाई । कर्याै समय अरुकैमा काम गरेर विताए । काठमाडौंका फर्निचरका उद्योग कति धाए कति । जहाँ पुगे राम्रै काम गरे । श्रमिक भएर काम गरे । काम गर्न छोडेनन् । तर अरुकोमा काम गर्दै, ज्याला वु्झदै वाहिर पसल थाप्न सुरु गरे । सुरुमा पान पसल चलाए । फर्निचरमा काम गरेको ज्याला पान पसलमा लगानी गर्दै गए । पान पसलमा अर्कैलाई राखेका थिए । तर उनले फाईदा भेटाएनन् । फेरि पनि फर्निचरमा काम गर्न छोडेनन् । पान पसलमा घाटा भएपछि फेरी मिठाई पसल सुरु गरे । काम गर्दै गए । त्यसमा पनि भनेजस्तो फाईदा भएन । घाटामा गयो । फेरि पनि हार खाएनन् । उनले रेस्टुरेण्ट खोल्ने सोंच बनाए । अर्कैको फर्निचरमा काम गर्दै रेष्टुरेण्ट चलाउदै गए ।

अहं फाईदा पाउनै सकेनन् । मात्रै जीवनको गुजारा चलिरह्यो । अन्तत उनले आफ्नै फर्निचर खोल्ने निधो गरे । आफैले सिपलाई १४ हजारमा फर्निचर उद्योग सुरु गरे । काठ चिर्ने मेसिनहरु खरिद गरेर आफ्नै सुरु गरे । आफैले कामको ठेक्काप्टा अर्डर लिन सुरु गरे । वैंकहरुका डेकोेसन, होम फर्निसिंङ सबै काम गर्छन् ।

पहाड हेर्ने रहर उनलाई ।
मिश्रीलालको गाउँ, महाभारतको विहार राज्य मटियार । वचपन विताएको ठाउँ । जता हेर्याे उतै सम्म । आँखाले भेटुन्जेलसम्म सबै सम्मो । उनको गाउँ सबैतिर अग्ला घरहरुका घना बस्ती । पहाड तै देखेकै थिएनन् । तर धेरै सुनेका थिए पहाडको । त्यसैले उनलाई पहाड हेर्ने ठुलो रहर थियो । नेपाल घुम्ने रहर मनमा पालेर स्कुल पढ्दै थिए । वचपन साथीभाईसँगको उठबस, कहिलेकाँही भनाभन र लडामती हुनु स्वभाविक हो । त्यस्तै भयो एक दिन उनीसँग । साथीहसंग लडाई भयो । कुटाकुट भयो । साथीको आँखैमा चोट लाग्यो । अव उनलाई फसाद पर्यो् । गाउँमा वसे साथीभाई गाउलेले कुट्छन्की भन्ने डर । अब स्कुल, घर गाउ सबै छोडेर भाग्ने सोच गरे । उनी भागेर नेपाल आईपुगे । अत्यन्त अग्ला पहाड भौगोलिक विविधता, यहाँको हराभरा प्राकृतिक सुन्दरता, चिसो हावापानी सबै कुराले उनलाई नेपाल छोड्ने मन नै भएन । यहीबाँट बन्यो उनको कर्मथलो नेपाल । अहिले उनलाई जन्मथलो विहार भन्दा कर्मथलो प्यारो लाग्दछ । नेपालै आफनो देश हो भन्ने लाग्छ । विहार प्रदेश जस्तो लाग्छ । यही बसेर उनले ४० वर्ष भन्दा वढि समय खर्चिईसकेका छन् ।

परिवारिक उल्झन, सानैमा विवाह ।
भर्खर १४ वर्षका थिए । झण्डै २ वर्ष नेपाल वसेर गाउँ फर्केका उनलाई विहे गर्ने झेमला आईलाग्यो । उनी १४ वर्षका र उनकी १२ वर्षकी । बालविवाह भयो । समाजको परिबन्ध, सामाजिक मुल्य मान्यता र सँस्कारले अनि परिवारको दवावले बालखैमा विहे गर्न वाध्य बनायो उनलाई । विहे भएको १९ दिनपछि श्रीमतीलाई माईत पठाएर । माईत नेपालको वारा जिल्ला कलैया थियो । डेढ वर्ष उनले श्रीमतीलाई माईतैमा छोडेर फेरी उनी काठमाडौंमा लागे मेहनत गर्न । त्यसपछिको निरन्तर बसाई उनको नेपाल हो । अहिले उनको श्रीमती सहित ४ छोराछोरी छन् । ३ छोराछोरीको विहे भईसकेको छ । कान्छी छोरी ११ मा पढ्दैसछन् । एउटा छोरा फार्मेसीको काम गर्छन् एउटा मोवाईलको हेड मिस्त्री । उनको खुसी यही हो । जिन्दगीभरको कमाई उनको मेहनत सिमा फर्निचर उद्योग मात्रै हेन, परिवारको खुसी पनि उनको कमाई हो ।

प्रस्तुती –अन्जना सिवा