विवाहपञ्चमीका लागि जनकपूरमा भक्तजनको भीड

काठमाडौ, २५ मंसिर —विवाह पञ्चमीको अवसरले जनकपुरमा भक्तजनहरुको भीड लागेको छ । गत शुक्रबारदेखि शुरु विवाह पञ्चमी प्रक्रियामा सहभागी हुन नेपाल भारतका भक्तजन जनकपुुर पुुगेका छन् ।
भारतबाट आउने जन्तीमा भारत उत्तर प्रदेशका मुुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुने भएकाले जनकपुर उपमहानगर क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको प्रदेश सरकारले जनाएको छ ।