फ्रान्समा राष्ट्रपतिद्धारा तलब वृद्धि र कर छुटको घोषणा

काठमाडौं २५ मंसिर । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले तलब वृद्धि र कर छुटको घोषणा गरेका छन् ।

केही समयअघि तेलको मुल्य वृद्धि बढाएपछि चर्किएको आन्दोलन पछि मुल्य वृद्धि फिर्ता गर्न वाध्य भएको सरकारले अहिले तलब वृद्धि र कर छुटको घोषणा गरेको हो ।

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोल टेलिभिजनमार्फत् देशबासीलाई सम्बोधन गर्दै उनले सन् २०१९ देखि न्युनतम तलब मासिक एक सय यूरो बढाउने घोषणा गरेका छन् ।

राष्ट्रपति म्याक्रोले आदानी कम भएका र पेन्सन बुझ्दै आएकाहरुलाई लगाइएको कर पनि खारेज गरिएको बताएका छन् । त्यसैगरी एक्स्ट्रा टाइमको आम्दानीमा पनि अब कर लाग्ने छैन ।

रोजगारदाताहरुलाई पनि वर्षको अन्तिममा कर छुट र एकमुस्ट बोनस दिने व्यवस्थाको लागि प्रोत्साहित गरिने पनि उनले जानकारी दिए ।