दोलखाका ५ स्थानीय तहले एक एक वटा एम्वुलेन्स पाए ।

काठमाडौं २४मंसिर । नेपाली कांग्रेसका सांसद जीपछिरिङ लामाले दोलखाको पाँच वटा स्थानीय तहलाई एम्बुलेन्स खरिद गरिदिएका छन ।
गाउँमा एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पतालसम्म लैजान पनि समस्या भएको भन्दै सांसद लामाले एम्वुुलेन्स खरिद गरिदिएका हुन् ।

सांसद लामाले आप्mनो आमाबुवाको नाममा सञ्चालित तेङिमा(दाडो लामा स्मृति प्रतिष्ठानबाट तामाकोशी गाउँपालिका ३ जफेँ, मेलुङ गाउँपालिका ६, विगुँ गाउँपालिका, कालिञ्चोक गाउँपालिका ९, जिरी नगरपालिका १ का लागि एक एक वटा एम्बुलेन्स दिएका हुन् ।

सांसद लामाका अनुसार थप पाँचवटा एम्बुलेन्स खरिद गरिने भएको छ । सांसदका लागि आउने पारिश्रमिकबाट गाउँका लागि एम्बुलेन्स किनिदिएको उनले बताए।

कांग्रेसका उपसभापति विमलेन्द्र निधि, सांसद पार्वत गुरुङ र शान्ति पाख्रिन लगायतको उपस्थितिमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।