नयाँ प्रधानन्यायाधीशको अझै टुङ्गो लागेन

मंसिर १७, काठमाडौं ।

नयाँ प्रधानन्यायाधीशको टुङ्गो लाउन बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षहिन भएको छ । न्यायपरिषद्को सिफारिस गर्न, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठक सामान्य छलफलबाट टुङ्गिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार, यही मंसीर २२ गते पुन बैठक बस्ने गरी स्थगित भएको बताउनुभयो ।
न्याय परिषद्ले भावी प्रधानन्यायाधीसका लागि एक साताअघि नै योग्यता पुगेका दुई न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम संवैधानिक परिषद्लाई बुझाएको थियो ।

संवैधानिक व्यवस्थाले प्रधानन्यायाधीश हुनको लागि सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको हुनुपर्ने उल्लेख गरेको छ । जोशी र राणाबाहेक अन्य न्यायाधीशको भने योग्यता पुगेको छैन । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आगामी पुस १७ बाट अवकाश पाउँदै हुनुहुन्छ ।