साढे १७ अंकले घट्यो नेप्से

काठमाडौं, १७ मंसिर—   नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबार १७.४७ अंकले घटेको छ। साताको पहिलो दिन नेप्से ओरालो लागेर ११३०.८९ अंकमा आइपुगको हो । आइतबार एक सय ५९ कम्पनीका १४ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्। ४६ करोड एक लाख २५ हजार रुपैयाँको कारोबार भएको छ।

कारोबार रकममा सुधार आए पनि सेयर घट्ने क्रम नरोकिएको लगानीकर्ता बताउँछन्। सेयरको मूल्य घट्दा लगानीकर्ताले अर्बौ रुपैयाँ घाटा व्यहोरिरहेका छन्। बैंकको उच्च ब्याजदर र अधिक सेयर आपूर्तिकर्ता कारण बजार घटिरहेको छ। मागअनुसारको आपूर्ति सिर्जना हुन सकेको छैनन्। अनलाइन ट्रेडिङ सिस्टम कार्यान्वयमा आएसँग माग वृद्धि हुनेमा लगानीकर्ता आस्वस्त थिए। तर, अनलाइन ट्रेडिङ पनि प्रभावकारी हुन नसकेकाले लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव परेको छ।