तीन राप्रपाबीच पार्टी एकता घोषणा तयारी

काठमाडौ,१६ मंसिर — तीन राप्रपा पार्टी एकताको तयारीमा जुुटेको छ । पशुपतिशमशेर नेतृत्वको राप्रपा (प्रजातान्त्रिक), डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) र राप्रपाका अध्यक्ष कमल थापासँग असन्तुष्ट नेताहरूबीच पार्टी एकता हुने भएको छ । २७ कात्तिकबाट निरन्तर अनौपचारिक छलफलमा रहेका दुई पार्टी र एउटा असन्तुष्ट समूहका नेताहरू शनिबारसम्म पार्टी एकता घोषणा गर्ने तयारी छ ।