फ्रान्समा आपतकालीन सुरक्षा बैठक, संकटकाल घोषणाको तयारी

काठमाडौं १७, मंसिर  । फ्रान्समा तेलको मुल्य वृद्धिको आनदोलन चर्किदै गएपछि राष्ट्रपति इम्यानुअल म्याक्रोले अत्यावश्यक सुरक्षा बैठक बालाउनुभएको छ ।

सरकार विरोधी आन्दोलन हिंसात्मक बन्दै गएपछि सरकारले संकटकालको घोषणाको तयारीका लागि आकस्मिक बैठक वोलाएको हो ।
फ्रान्स सरकारका प्रवक्ता बेन्जामिन ग्रिवेअक्सले एक सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा मुलुकमा शान्ति व्यवस्था कायम गर्न संकटकाल घोषणा गर्नुुको विकल्प नभएको वताउनुभयो ।

फ्रान्सका तेलको मूल्यवृद्धिको विरोधमा हजारौं नागरिक सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् ।
आन्दोलनकर्ताहरुले प्रहरीमाथिको आक्रमण सहित सवारी साधन, भौतिक संरचनाहरुमा पनि आगजनी र तोडफोड गरिरहेका छन् । भिड नियन्त्रणका लागि सुरक्षाकर्मीहरुले पनि बल प्रयोग गर्दै आएका छन् ।

गत शनिबारको प्रदर्शनमा झडपमा परी सय जना भन्दा बढी घाइते भएका छन् । घाइते हुनेहरुमा २३ जना सुरक्षाकर्मी पनि रहेको बीबीसीले जनाएको छ । प्रहरीले सयौंको सख्यामा प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

आन्दोलनकर्ताहरुले प्रसिद्ध स्मारक फ्रान्सको अख द ट्रियोम्फमा पनि तोडफोड गरेका छन् ।
पहेंलो रंगको कपडामा सडकमा आन्दोलन गरिरहेका प्रदर्शनकारीहरु डिजेलमा अत्यधिक कर वढाएकाले आक्रोशित भएका हुन् । फ्रान्स सरकारले भने वातावरणीय प्रदुषण कम गराउन डिजलमा कर बढाएको बताएको छ ।

यता फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले भने हिंसात्मक आन्दोलनप्रति असन्तुष्टि जनाउनुुभएको छ । सरकारसँग कुनै असन्तुष्टि भए, शान्तिपूर्वक विरोध गर्नुपर्ने उहाँको ठहर छ ।