एसिया प्यासिफिक समिट शुरु, प्रधानमन्त्रीको सम्बोधन

मङ्सिर  १५, काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले एसिया प्रान्त सम्मलेनबाट स्थायी शान्ति, न्याय, समानता विकास र समृद्धिका विषयमा साझा धारणा वनाई काम गर्नुपर्ने बताउनुभएको छ ।

आजै सुरु भएको एसिया प्रशान्त शिखर सम्मेलन २०१८को उद्घाटन सत्रलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि, र सञ्चारका क्षेत्रमा केही प्रगति भएको छ, तर पनि गरीबी, अशिक्षा, जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्रामा भने चुनौतीहरु देखिएका छन् भन्नुभयो ।

साथै उहाँले अन्तर्रा्ष्ट्रिय व्यापार, नवप्रवर्तन, संस्कृति आदिका माध्यमबाट एशियाली मूल्य र मान्यताका साथ सहकार्य गर्न पनि आह्वान गर्नुभयो ।
जलवायु परिवर्तन विकास र यसको असर मानव जीवनका खतरा भएकाले हिमालमा हिउ पग्लने क्रम रोक्ने उपायहरुबारे पनि सोच्नुपर्नेमा उहाँको जोड थियो । प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियाको मूलभूत सफलता, संविधान निर्माण र निर्वाचनका चरणपछि मुलुक विकास र समृद्धिको प्रक्रियामा अघि वढेको पनि जानकारी गराउनुभयो ।

नेपाल सरकार तथा सङ्घीय संसद् नेपालको सहयोगमा युनिभर्सल पिस फेडरेसन, इण्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिक्स (आइक्याप), इण्टरनेशनल एशोसिएसन अफ पार्लियामेन्ट फर पिस (आइएपिपी) लगायत संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनमा आधा दर्जन मुलुकका राष्ट्र÷सरकार प्रमुख सँगै विशिष्ट पाहुनाहरु सहभागीता रहेको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधन ः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस तथा छलफल गरिनेछ ।

सम्मेलनमा म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकी, कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा लगायतका विशिष्ट पाहुनाह हुनुहुन्छ । सुकी र सेनले नेपालको राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओलीलगायतसँग भेट गरिसक्नुभएको छ ।