राष्ट्रपति कार्यालयमा राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

काठमाडौँ,१४ मंसिर — राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु की बिच भेटबार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको छ। भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको थियो ।