भृकुटीमण्डमा जुत्ताको व्यापार मेला सुरु

काठमाडौंको भृकुटी मण्डपमा एक सातादेखि जुत्ता व्यापार मेला चलिरहेको छ ।

नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले आयोजना गरेको जुत्ता व्यापार मेला मंसिर ७ गतेदेखि सुरु गरिएको हो ।

जुत्ता मेला यही मंसिर २६ गतेसम्म चल्ने छ ।

जुत्ता मेलामा सबै उमेर समुहलाई मिल्ने लेडिज र जेन्स आईटमका सबै प्रकारका जुत्ता चपलहरुको स्टल राखिएका छन् ।
उपभोत्ताको सजिलोको लागि जाडो मौसममा सबै प्रकारका गुणस्तरीय जुत्ता चप्पल एउटै छानामुनि ल्याइएको मेलाका संयोजक रामहरी तोलाङ्गेले बताउनुभयो ।

मेला आयोजनाका वखत विभिन्न समस्या तथा वाधा व्यवधानहरु देखिएपनि मेलामा आउने जाने उपभोत्ताहरुको सँख्या वढिरहेको छ, मेलाका एक व्यापारी प्रमोद महतोले वताउनुभयो ।