बेपत्ता पारिएका ८ वर्षे बालकको हत्या ।

मंसिर १३, काठमाडौं । दुई दिन अघि वेपत्ता पारिएका ८ वर्षे बालकको हत्या गरिएको अवस्थामा भेटिएको छ ।

अपहरण पछि हत्या गरिएका ८ वर्षीय बालक प्रयास कुँवरको शव झोलामा पोको पारिएको अवस्थामा, काठमाडौंको म्हेपीमा भेटिएको हो ।
बालकको शब हत्या गरि झोलामा पोको पारि फोहरको थुप्रोमा फालिएको अवस्थामा फेला पारिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले वताउनुभयो । 

बालक कुँवर आफ्नै वुवा प्रवीण कुँवरले सञ्चालन गरेको स्वस्तिका त्रिवेणी गेस्ट हाउसबाट बेपत्ता पारिएका थिए । अपहरण गरिएलगत्तै उनको खोजीका लागि प्रहरी परिचालन भएपनि आज विहिबा बालक मृत अवस्थामा भेटिएका हुन् ।

उनको शव पोष्टमार्टमका लागि तयारी गरिएको छ । प्रहरीले अपराधमा संलग्न आरोपीत स्याङ्जाका महेन्द्र सार्कीलाई पक्रेको छ ।
आरोपित सार्की होटल सञ्चालकका ड्राइभर हुन् ।

प्रहरीका अनुसार होटल मालिकले कामबाट निकालिदिने धम्की र गाली गलौजका कारण बालकको अपहरण गरेको सार्कीले बयान दिएका छन् । यद्यपि, यसको खास कारण खुलिनसकेका काण थप अनुसन्धान वाँकी रहेको प्रहरीले बताएको छ ।

वालक प्रयास कुँवर टाउन प्लानिङस्थित वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा पढ्दै थिए ।
यसअघि गत साउन २१ गते भक्तपुरको काँडाघारीका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गरिएको थियो । हत्यामा संलग्न दुई जनालाई प्रहरीले इन्काउन्टर गरी मारेको थियो ।