आज काठमाण्डौमा विजोर गाडी चल्दै

१३ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा आज विजोर नम्वर भएका सवारी साधनहरु मत्रै चलेका छन् ।

सरकारले मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुन लागिरहेको एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न जोर–बिजोर नम्बर लागू गरेपछि आज नम्बर प्लेटको अन्तिम अंक विजोर नम्बर भएका सवारी साधनहरु चलाईका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले केही दिन अघि मात्रै यससम्बन्धि सुचना जारी गरि यस्तो प्रणाली लागू गरेको हो ।
मंसिर १३ आज र १५ गते बिजोर र १४ र १६ गते जोर सवारी साधनहरु मात्र चल्न पाउनेछन् । अति आवश्यक सेवा र शैक्षिक संस्थाका सवारी सवारीसाधनहरु भने निर्वाध चल्न पाउनेछन् ।

एसिया प्यासिफिक सममेलन युनिभर्सल पिस फेडेरेसनले मंसिर १४ देखि १७ गतेसम्म आयोजना गर्दैछ ।
काठमाडौंको ह्यात रिजेन्सीमा हुन लागेको सो सम्मेलनमा ७ वटा देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुखहरु सहभागी हुनेछनन् ।

यसै विच परराष्ट्र मन्त्रालयले आज म्यान्मारकी नेत्री तथा नोवेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आउने वताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो । यद्यपी एसिया प्यासिफक सम्मेलनमा भने सहभागी हुने जानकारी छैन ।