ए डिभिजन लिग चौथो चरणको खेल आज सकिँदै

कामाडौ,१२ मंसिर — ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने आज पहिलो खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र क्लब तथा दोस्रो खेलमा फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । यसअघि भएका खेलमा हिमालयन शेर्पा तीन खेलबाट सात अङ्कसहित अङ्क तालीकाको पाँचौ स्थानमा छ ।
एक खेलमा पराजित भएको हिमालयन शेर्पाले दुई खेलमा जित निकालेको थियो । यता एक खेलमा पराजित भएको मच्छिन्द्रले दुई खेलमा बराबरीको नतिजा निकालेको छ । मच्छिन्द्र दुई अङ्कसहित तालीकाको ११औं  स्थानमा छ ।

आजै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली लिगको अन्तिम टोली हुन् । अहिलेसम्म खेलको सबै खेलमा पराजित दुवै टोली अङ्कविहीन छन् । जावलाखेल लिगको १३ औं र फ्रेण्ड्स १४औँ स्थानमा छ ।

यसैबीच आज दुई खेलपछि चौँथो चरणका खेल सकिँदैछ । पाँचौ चरणका खेल यही मङ्सिर १४ गतेदेखि हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । रासस