निर्मला हत्या प्रकरणमा साथ दिन डा. केसी कञ्चनपुरमा

कञ्चनपुर, ११ मंसिर —बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै जारी अनसनमा ऐक्यवद्धता जनाउँन डा. गोविन्द केसी कञ्चनपुर पुगेका हुन् । केसी जिल्ला प्रशासन अगाडि धर्नामा बसेका निर्मलाकी कान्छी आमा लगायतलाई भेटेर अनसनमा ऐक्यबद्धता जनाएका छन् ।
निर्मलाका हत्यारा पत्ता लगाउन सरकारलाई तीन साता (पुस २ सम्म) को अल्टिमेटम दिएको भोलिपल्ट डा. केसी अनसनस्थल पुगेका हुन् ।