आगलागीमा परी एकै घरका ४ को मृत्युु

मंसिर १०, झापा । आगलागीमा परि एकै घरका चार जनाको ज्यान गएको छ ।

झापाको शिवसताक्षी नगरपालिका ७ मा आगलागी हुँदा एउटै परिवारका ४ सदस्यको मृत्य भएको हो । आगलागीमा परि ३५ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका खनाल, सहित छोराछोरीहरु चार वर्षीया छोरी चन्द्रा खनाल र चार महिने शिशु टिकाराम खनालको मृत्यु भएको डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

घरभित्र सुतिरहेको बेला गएराति पौने ११ बजेतिर एक्कासी आगो लागेको थियो । आगलागीको भएलगत्तै दमकलसहित प्रहरीको टोली घटनास्थल पुगी आगो नियन्त्रणमा लिएको थियो ।

आगो विद्युत सर्ट भएर लागेको हुनसकने अनुमान गरिएको छ । यद्यपी यसको अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।