द्वन्द्वपीडितको पीडा घटेको छ —प्रचण्ड

 

चितवन,५ मंसिर —नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वपीडितको पीडा घटेको बताएका छन्। प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले द्वन्द्वपीडितको अवस्था विगतको भन्दा राम्रो भएको टिप्पणी गरेका हुन्।

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुग्दा पनि द्वन्द्वपीडितको अवस्था जस्ताको त्यस्तै रह्यो भन्ने प्रश्नमा उनले भने, ‘द्वन्द्व पीडितको पीडा उस्ताको उस्तै चाहिँ छैन । पहिलाको भन्दा त धेरै घटेको छ । तै पनि अहिले अब हामी राजनीतिक तह र कानूनी तहमा पनि गम्भीर रुपले गृहकार्य गरिराखेका छौँ।’
रासस