एनसिसी बैंक र नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौ,५ मंसिर —नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्समार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने सम्झौता भएको छ ।
सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले हस्ताक्षर गरेका थिए ।