’साइनो’ बनाउदै नेपालकी पहिलो नायिका भुवन चन्द

काठमाडौ —नेपाली चलचित्र क्षेत्रकी पहिलो नायिका भुवन चन्दले चलचित्र निर्माण गर्ने भएकी छिन् । चलचित्रलाई रमेश थापाले निर्देशन गर्ने भएका छन् । चलचित्रमा भुवन चन्द स्वयम् देखिने भएकी छिन् भने उनीसँगै निता ढुङ्गाना, मिरुना मगर, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, शिखा तामाङ, राजा राजेन्द्र पोखरेको साथमा नव–कलाकार राज कुमारको अभिनय रहने छ ।
चलचित्रको लेखन अभिमन्यु निरबीको रहेको छ भने बनिष शाहको सम्पादन रहेको छ । त्यस्तै चलचित्रमा छायाङ्कन रामेश्वर कार्की, कोरियोग्राफी रामजी लामिछानेको रहने छ भने एक्सन रोशन विक्रम भट्टराई र सङ्गीत वसन्त सापकोटाको रहने छ ।