ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौ,३ मंसिर —शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । खेल ११ बजेदेखि सुरु हुुने भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज हुने पहिलो खेलमा संकटा क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
त्यस्तै, एन्फा कम्प्लेक्समा आजै हुने दोस्रो खेलमा विभागीय टिम एपीएफ क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो दुई बजेर ३० मिनेटमा सुरु हुनेछ ।
त्यस्तै, आजै हुने अर्को खेलमा सरस्वती युथ क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । हलचोकस्थित एपीएफको खेलमैदानमा २ बजेर ३० मिनेटमा खेल सुरु हुनेछ ।