‘कला क्षेत्रमा आफुुलाई भाग्यमानी ठान्दछुु ।’ चित्रकार दीपक कुमार जोशी

काठमाडौ —कलाकार दीपक कुुमार श्रेष्ठको नाम पौभा कलासगं जोडिन पुुग्दछ । उनले करिब चार दशक अघि देखि नै नेपाली परम्परागत कलाको पौभालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउदै आएका छन् ।सन् १९६३ मा काठमाडौको नेवारी समुदायमा जन्मेका उनी बाल्यकालदेखि पौभा बनाउन सुुरुवात गरेका थिए ।। चित्रकार प्रेममान चित्रकारसंग नजिक रहेर काम गर्न सुरु गरे । कलाको बिभिन्न संस्थामा आवद्ध भएर कला क्षेत्रमा योगदान पुर्याए । यतिबेला उनका पौभा कला बबरमहलस्थित ‘आर्ट काउन्सिल’ मा प्रर्दशनीमा छन् । नेपाली समाजमा कलाको क्षेत्र, बिकास, उनको व्यत्तिगत कुरामा रहेर इमेल खवर डटकम ले उनीसंग गरेको कुराकानीको सांरश ।

कला क्षेत्रमा कसरी लाग्नुभयो ?
म ज्योतिष परिवारमा जन्मेको मान्छे हुुँ । बुुवाले चिना बनाउने, हेर्ने गर्नुहुथ्यो । एकदिन चिनाको माथि गणेशको चित्र देखेर चित्र कोर्ने रहर जाग्यो । अर्को कुरा मञ्जुश्रीको पौभा चित्रले पनि बढी आर्कषित भएर कला क्षेत्रमा लागें ।

त्यतिबेला चित्र कोर्न सामाग्रीहरु कसरी जुटाउनुहुथ्थो ?

त्यतिबेला म एकदमै दुखमा थिए । घरको आर्थिक अवस्था राम्रो थिएन । रंग किन्ने पैसा हुदैनथ्यो । बुवाका पुुराना कपडा प्रयोग गरे फेरि समस्या भयो क्यानभास कसरी ल्याउने ? आफु खाना खादा बस्ने पिरालाई उल्टो बनाएर तान लगाएर क्यानभास निर्माण गरेको थिए ।

तपाइले कला यात्रा सुरु गर्दा व्यवसायिक पक्ष कस्तो थियो ?

चित्र बनाएपनि त्यतिबेला व्यबसायिक रुपमा काम गर्न गाह्रो थियो । कलाकारहरु एकदमै कम थिए । चार पाँच रुपैयामा बेच्ने गर्थे । नेपालीहरुले त किन्दैनथे बिदेशीहरुले किनेर लान्थे ।

कला क्षेत्रमा यति लामो समय बिताइसक्नु भएको छ । व्यबसायिक रुपमा पनि तपाई सफल हुनुभएको छ ? अहिलको अवस्थामा कला क्षेत्र कस्तो देख्नुुहुन्छ ?

अहिले कला क्षेत्रको निकै बिकास भएको छ । नेपाली परम्परागत कलालाई संरक्षण गर्नुुपर्र्दछ भन्ने सोच सबैमा भएको पाँउछुु । थुुप्रै कलाकारहरु जन्मिसकेका छन् । यसको व्यबसायिक पक्ष पनि सबल छ । कलाहरु पनि फरक फरक किसिमले आएका छन् । अहिले दर्शकको रोजाइ अनुुशार चित्रहरु निर्माण हुुुन थालेका छन् ।

कलाको क्षेत्रबाट आफुले के योगदान गरेको महसुस हुन्छ ?

कला भनेको चित्र कोर्नुु मात्र होइन । कलाको माध्यमबाट ज्ञान पनि हासिल गर्नुुका साथै हस्तान्तरण समेत गर्न सकिन्छ । मैले आफुलाई भन्दा पनि जनहितका लागि काम गरेको महसुस हुन्छ । त्यसैले यो क्षेत्रमा आफुलाई निकै भाग्यमानी ठान्दछु ।

यस क्षेत्रमा सुधानुपर्ने कुराहरु केहि छन् कि ?

पौभा कलाको बिशेषता भनेकै ‘लाइन’ हो त्यो लाइन हराउदै गएका्े महसुस हुुन्छ । नया डिजाइनमा बनाउदा कलाकारहरुले मौलिकपना गुमाउदै गएका छन् । कलाकारहरुले मौलिकपनामा ध्यान दिनुपर्दछ ।