सीके राउत पक्राउ सम्बन्धी सर्वोच्चमा बहस हुँदै

काठमाडौ, ३० कात्तिक — सिके राउत पक्राउ सम्बन्धी आज सर्वोच्चमा आज छलफल हुुने भएको छ । उनी रौतहटबाट राज्य विद्रोहकोे मुद्दामा पक्राउ परेका थिए ।  रौतहटबाट पक्राउ परेका राउतलाई अदालतको आदेशानुसार बिहीबार सर्वोच्चमा उपस्थित गराइएको हो ।
राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै गृह मन्त्रालयलगायतलाई विपक्षी बनाउँदै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।