आज छठ पर्वको मुख्य दिन,अस्ताउदो सुर्य पुजा गरिदै

काठमाडौ,२७ कात्तिक —छठ पर्वको आज छठ पर्वको मुख्य दिन मुख्य दिन हो । ब्रतालुले हिजो पर्वको दोस्रो दिन ‘खरना’ विधि सम्पन्न गरेका छन् ।
तेस्रो दिन (षष्ठी) अर्थात् मंगलबार ( आज ) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । सोही दिन अन्न बाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाजर ,बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धा्रित जलाशयसम्म पुग्ने गर्छन ।