हाइटेक’ प्रविधि प्रयोग गरेर पेट्रोल पम्पद्वारा ठगी

काठमाडौं ,२६ कात्तिक —पेट्रोल पम्प सञ्चालकले उच्च प्रविधि प्रयोग गरेर उपभोक्ता ठगेको भेटिएको छ। काठमाडौं सानो भ(याङको बंगलामुखी आयल स्टोर्सले ‘हाइटेक’ प्रविधि प्रयोग गरेर उपभोक्ता ठगेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको हो।
अनुगमनको क्रममा डिजिटल पम्पको मदरबोर्डको सफ्टवेयरमा तेल कम दिने ‘प्रोग्राम इन्स्टल’ गरेर कम तेल दिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । ‘हाइटेक प्रविधि प्रयोग गरेर पेट्रोलियम पदार्थमा उपभोक्ता ठगेको नयाँ तथ्य भेटिएको छ,’ पुडासैनीले भने, ‘३–४ प्रतिशतसम्म कम तेल दिएको रहेछ।’
यसअघि पम्पभित्रै चिप्स प्रयोग गरेर तेल चोरी गरेपछि तीन वर्षअघि प्रहरीको अपरेसनमा एक दर्जनभन्दा बढी पेट्रोल पम्प सञ्चालक पक्राउ परेका थिए। साभार — नागरिक दैनिक