काठमाडौ,२५ कात्तिक —बलात्कारपछि गरिएकी कञ्चनपुुरकी १३ बर्षिय निर्मला पन्तका आमाबुबा आजदेखि अनिश्चितकालीन धर्ना बस्ने भएका छन् ।
घटना भएको साढे तीन महिना भइसक्दा पनि दोषी पत्ता नलागेपछि अधिकारकर्मी र नागरिक समाजसहितको समर्थनमा उनीहरु धर्ना बस्न लागेका हुन् ।
अनसनबाट पनि आफुहरुका माग सम्बोधन नगरिए आमरण अनसन बस्ने निर्मलाका बाबु यज्ञराज पन्तले घोषणा गरेका छन् । गत साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी निर्मलाको साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
निर्मलाका आमाबुबा आजदेखि अनिश्चितकालीन धर्नामा
