प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न चिकित्सकको तयारी

काठमाडौं, १५ कात्तिक — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुध्रिँदै गएपछि चिकित्सकहरु उनलाई डिस्चार्ज गर्ने तयारी गरेका छन् । उपचारमा संम्लग्न प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले बिहिबार पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुध्रिएको र डिस्चार्ज कहिले गर्ने भन्ने सम्बधमा छलफल भइरहेको बताए ।