प्याराग्लाइडिङ विश्व कप आजबाट सुरु

काठमाडौ, १५ कात्तिक — प्याराग्लाइडिङ विश्व कप आजबाट सुरु हुने भएको छ । स्याङ्जा भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा आजबाट सञ्चालन हुने भएको हो ।  प्रतियोगिताका लागि भारत, पाकिस्तान, जापान, चीन, कोरिया, अमेरिका, क्यानडा लगायत २१ देशका ९८ खेलाडीले नाम दर्ता भइसकेको र आउने क्रम जारी रहेको छ ।
प्रतियोगिता नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एडभेन्चर क्लब स्याङ्जाको आयोजना तथा जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा सम्पन्न हुनेछ ।