कलाकार संघका अध्यक्ष बोगटीको निधन

काठमाडौ,२३ असोज —चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । आज बिहान आफ्नो घर टिकाथली नजिकै रुख काटेको हेर्ने क्रममा विजुलीको पोलले लागेर उनको निधन भएको हो ।