गुगल प्लस बन्द गर्ने निर्णय

काठमाडौ,२३ असोज— डाटा चुहावट भएको भन्दै सर्च इन्जिन गुगलले सामाजिक सञ्जाल गुगल प्लस बन्द गर्ने निर्णय गरेको छ । गुगल प्लसको सफ्टवेयरमा रहेको एउटा त्रुटिका कारण ५ लाख प्रयोगकर्ताको सुचना चुहिएको गुगलले जनाएको छ ।