कक्षा ११ को नतिजा सार्वजनिक

काठमाडौं,२० असोज— राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् ।जीपीए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९,जीपीए २.८१ देखिजीपीए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यसैगरी २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१,जीपीए २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०,जीपीए १.६१ देखि २ ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन् ।जीपीए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६,जीपीए ०.८१ देखि १.२० ल्याउने आठ हजार एक सय २७ रजीपीए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेका छन्।

अंकाङ्कन पद्धतीमा परीक्षा दिएका आंशिक विद्यार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएको बोर्डले जानकारी दिएको छ । कक्षा ११ को परीक्षा गत ९ जेठमा सम्पन्न भएको थियो ।