बानेश्वरको संगम स्वीट्समा शिलबन्दी

काठमाडौ,१६ असोज —सरकारी अनुगमन टोलीले बानेश्वरमा रहेको संगम स्विट्समा शिलबन्दी गरेको छ। अनुगमनका क्रममा अखाद्य पदार्थ र न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि उक्त मिठाइ पसलमा शिलबन्दी गरिएको हो।
जिल्ला प्रशासन काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य अनुसनधान अधिकृत ईश्वर सुवेदीको नेतृत्वमा गएको टोलीले अनुगमन गर्दा मिठाइमा अखाद्य पदार्थ भेटिएपछि शिलबन्दीगरेको छ ।