कर वृद्धिको विरोधमा स्थानीयद्धारा नगरपालिकामा तालाबन्दी

काठमाडौ,१६ असोज— कर वृद्धिको विरोध गर्दै महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा स्थानीय वासिन्दाले तालाबन्दी गरेका छन् ।
नगरपालिकाले यस आर्थिक बर्षको बजेटमा कर वृद्धि गरेको, वजेट पारदर्र्शी नगरेको भन्दै मंगलबार विहान स्थानीयले कार्यालयको मूलगेटमा तालाबन्दी गरेका हुन् । तालाबन्दीपछि कार्यालयको कामकाज प्रभावित बनेको छ ।