निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै कञ्चनपुर बन्द

 

काठमाडौ,१६, असोज— बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै कञ्चनपुर बन्द गरिएको छ ।  नेपाली कांग्रेसको विद्यार्थी सगठन नेपाल विद्यार्थी संघले मंगलवार कञ्चनपुर बन्द गराएको हो ।
बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । शैक्षिक संघसस्था, उद्योग कलकारखाला पनि ठप्प छन् ।