स्वरमा अब्बल बन्दै सरु

 

इमेलखवर संवाददाता
काठमाडौ —गीत गाउनु सजीलो छैन । लय, ताल र स्वर संगको निखारले नै दर्शकको मन छुन्छ । सुुगम संगीतकी कुसल गायिका सरु गौतम मिठो गीत गाउछिन् । साथै उनी संग गीतलाई उल्टो शब्दबाट गाउने अद्भुुत क्षमता पनि छ । जुन सबैका लागि नौलो विषय हो । नेपाली सांगीतिक क्षेत्रमा फरक—फरक क्षमता भएका कलाकारहरु छन् । यस्तै सांगीतिक क्षेत्रमा फरक क्षमता भएकी गायिका हुुन्, सरु । उनको फरक क्षमता हो उल्टो गीत गाउन सक्ने । उनी एकपटक गीतका शब्द सुनेपछि त्यसलाई उल्टोबाट सहज रुपमा गाउछिन् । उनी भन्छिन्‘ शब्द याद भएपछि उल्टो बाट सहज रुपमा गाँउन सक्छु । ’

काभ्रेमा जन्मेकी गौतम विगत ८ बर्षदेखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा छिन् । गुरुकुल कामदेवमा मा पँच बर्ष संगीत सिकेकी उनी नरेन्द्र प्यासीको ‘अपार माया’बाट गायन क्षेत्रमा प्रबेश गरीन् । उनले करिब ६० बटा गीतमा स्वर दिइसकेकी छन् त्यसमध्ये ‘काग दाजै,’ ‘के यो माया हो’ ‘चाइनाको रेल’ बोलका गीत निकै चर्चित छन् । पप, आधुनिक गीत गाउने उनले अहिले देउडा गीतमा पनि स्वर दिएकी छन् । काभ्रेकी चेली कसरी देउडा गाउन पुग्नुभयो ? भन्ने प्रश्नमा उनी भन्छिन् ‘कञ्चनपुर कन्र्सटमा जादा देउडा गाइदिन अनुरोध गरेपछि मैले देउडा गाउने प्रयास गरेको हो ।’

गायनमा मात्र सीमित नभई उनले मोडलिङ समेत गरेकी छन् । आफैले गाएका केहि गीतमा उनको मोडलिङ देख्न सकिन्छ । ‘मेरो रुचि भनेको गायन नै हो मोडलिङ एक रहर हो’ उनी भन्छिन् । सांगीतिक क्षेत्रमा आफुुलाई निकै संघर्ष गनुुपर्ने सरु को अनुभव छ । पछिल्लो समय आर्थिक कारणले सांगीतिक क्षेत्रमा नराम्रो असर परेको उनी दाबी गर्छिन् । क्षमतावान कलाकारहरु पछि परेको उनको बुझाई छ । संगीतकार, गीतकार आफैले गीत गाउने प्रणाली भएकाले नया प्रतिभाहरुलाई अवसरको कमी भएको उनी महसुुस गर्छिन् । गायन क्षेत्रमा आर्थिक अवस्थाको पाटो भने न्युुन रहेको उनी बताउछिन् । ‘यो क्षेत्रमा रहरले आउने हो पैसा कमाउने सोच राखेको छैन । लगानी उठाउन नै ग्राहो हुुन्छ । ’ उनी भन्छिन् । गायनको क्रममा उनी सिंगापुर,मलेशिया, दुवई, बैंकक लगायत देशमा पुगीसकेकी छन् ।