बिहे प्रस्ताव नमानेपछि एसिड आक्रमण

काठमाडौ,९ असोज —नवलपरासीमा एक महिलामाथि छुरा प्रहार गरी एसिड छ्यापिएको छ । कावोसोती नगरपालिका १६ हर्वासीकी ३० वर्षीया वसन्ती परियारमाथि सोमबार साँझ एसिड आक्रमण गरिएको हो। सोही ठाउँका ३७ वर्षीय विमल श्रीपालीले वसन्तीमाथि छुरा हानेर एसिड छ्यापेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। कञ्चट र छातीमा छुरा प्रहार गरिएको प्रहीले जनाएको छ ।

श्रीपालीले छुरा प्रहारपछि अनुहार छातीमा एसिड छ्यापेको प्रहरीले जनायो। श्रीपालीलाई सोमबारै प्रहरीले पक्राउ गरिसकेको छ । एसिड र छुरा प्रहार गरिएकी परियारको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको छ।