बसको ठक्करले मोटरसाइकल चालक सहित दुई जनाको मृत्यु

 

भक्तपुर, ५ असोज—भक्तपुरमा यात्रुबाहक बसको ठक्करले मोटरसाईलकमा सवार दुई जनाको मृत्यु भएकोछ । काठमाडौंबाट काभ्रेतर्फ जादै गरेको बा २ ख ९४५४ नम्बरको बसले विपरित दिशाबाट आइरहेको बा ८० प ६९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
मोटर साइकलमा सवार चालक सहित दुइ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रे पनौती नगरपालिका–९ का ३५ वर्षीय सुर्दशन तिमल्सिना र मोटरसाइकलमा सवार चितवन घरभई मध्यपुर थिमि गठ्ठाघर बस्ने १८ वर्षीया एलिसा अधिकारी रहेका छन् ।