दशैंमा अग्रिम टिकट बुकिङ नगरिने महासंघको निर्णय

काठमाडौं, ४ असोज—
दशैंकाक लागि सवारी साधनको अग्रिम टिकट बुकिङ तत्काल खुल्ला नगर्ने निर्णय गरेको छ । नेपाल यातायात व्यवसायिक राष्ट्रिय महासंघले टिकट बुकिङ तत्कालका लागि रोकेको हो । आज बसेको बैठकले आफ्नो माग पुरा गर्न सरकार उदासिन रहेको भन्दै अग्रिम टिकट बकिङ खुल्ला नगर्ने निर्णय गरेको हो ।
पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता लिने माग राख्दै सरकारसमक्ष वार्ता गर्दै आएको महासंघले ४८ घण्टे अल्टिमेटम दिएको हो । सोमबारदेखि पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टीतेलमा ३, ३ रुपैया मुल्य बृद्धि भएको हो ।