अख्तियार प्रमुखमा सिफारिस घिमिरले आज संसदीय सुनुवाइ सामाना गर्दै

काठमाडौ,४ असोज संवैधानिक परिषदबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेले आज संसदीय सुनुवाइ समितिको सामना गर्दैछन् । संवैधानिक परिषदले गत भदौ २० गते आयोगका कार्यवाहक प्रमुख आयुक्त घिमिरेको नाम प्रमुख आयुक्तमा सिफारिस गरेपछि सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो  सुनुवाइ समितिका अनुसार, बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।