उपराष्ट्रपति पुन चीन प्रस्थान

 

काठमाडौँ,३ असोज— उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गरेका छन् ।
‘१७ औँ पश्चिम चीन अन्तर्रा्ष्ट्रिय मेला’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन गएका हुन् ।

६ दिने औपचारिक भ्रमणका लागि उनी बुधबार बिहान सिए ४३८ नम्बरको एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गरेका हुन् ।