पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन व्यवसायीको माग

काठमाडौ,३ असोज —यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले विज्ञप्ति जारी गर्दै चाडवाड सुरु हुनु अघि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, चाडपर्व नजिकिएकाले यात्रुलाई सहजरूपमा आवतजावत गर्न असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गरेका छौँ तर ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नभए टिकट बुकिङ अग्रिमरूपमा खुला गर्न सक्दैनौँ ।