काठमाडौ,२ असोज — १३ वर्षीया छोरीको बलात्कार र हत्या भएको ५० दिन नाघ्दा पनि अपराधी नसमातिएपछि न्याय माग्दै राजधानी आइपुुगेका निर्मलाका बाबु यज्ञराज र आमा दुर्गादेवी घर फर्किएका छन् ।

राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई भेट्ने, घटनाको विवरण सुनाउने र न्यायको याचना गर्ने उद्देश्यले साताअघि काठमाडौं आइपुगेका थिए ।

गृहमन्त्री, प्रधानमन्त्रीसँगको भेटे पनि राष्ट्रपतिसँग भेट्ने रहर भने उनीहरुको अधुुरै रह्यो । ‘राष्ट्रपति पनि छोरीकी आमा हुनुहुन्छ, त्यसैले उहाँलाई आफ्नो व्यथा सुनाएर मन हलुका बनाउने धोको थियो, तर पुरा हुन सकेन ।’ आमा दुर्गादेबीले बताइन् ।